Swastima Khadka Instagram – नयाँ यात्रामा पहिलो पाइला चाल्नुअघि असंख्य प्रश्नले घेर्छन् । सफलता र असफलताको बोझले पहिलो पाइला असाध्यै गह्रौं हुन्छ । तर जब पाइलाले गति लिन्छ, ती सबै बोझहरू हलुका लाग्न थाल्छन् । झन् त्यो यात्रामा हिँड्ने असल सहयात्री हुने हो भने गन्तव्यमा पुगेको पत्तै हुन्न ।
धन्यवाद दुई निर्देशक Aakash Baral सजन काफ्ले , जसले चलचित्रमा आफ्नै बाटो कोरेका छन् ।
कार्यकारी निर्माता, Shankar Pandey Firoj Khadka जसले डेढ महिना परिवारझैं हामीलाई पाइला-पाइलामा साथमात्रै दिएका छैनन्, सुटिङ यति सजिलो पनि हुन सक्छ भनेर उदाहरण दिएका छन् ।
ती कलाकार र टिम सदस्य, जसले ‘बेहुली फ्रम मेघौली’लाई मन र मुटुले सिँगारेका छन् ।
र, धन्यवाद Nischal Basnet, जसले मेरा हरेक निर्णय र कदममा साथ दिएर मलाई पूर्ण बनाएका छन् ।
BEHULI FROM MEGHAULI
📷 Keshab Pandey | Posted on 11/Apr/2024 16:55:17